संघीय संसद सचिवालयको प्रवक्‍तामा एकराम गिरी

२ माघ, काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन्। संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको निणएय अनुसार गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको संसद सचिवालयले जनाएको छ । यसअघि प्रवक्ता रहेका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।