न्यायाधीश राम्रा नभए विकृति निम्तिने

न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।...

सम्बन्धित सामग्री

न्यायाधीश राम्रा नभए विकृति निम्तिने

काठमाडौं, चैत २५ । न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।न्यायनिरूपणमा देखिएका कमजोरी सच्याउन न्यायालय र कानुन व्यवसायी दुवै चनाखो हुनुपर्ने सुझाइएको छ । इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोसी प्रदेशअन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालयले […]

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबन्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै विकृति र विसङ्गतिको सुरुआत न्यायाधीश नियुक्तिबाटै हुने गरेको प्रस्ट पारे । […]

न्यायाधीश नियुक्तिबाट न्यायालयमा विकृतिः कानुनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या भइरहेको बताए । मन्त्री शर्माले न्यायप

न्यायाधीश नियुक्ति प्रक्रियामा नै सुधार हुनुपर्छ

पूर्व न्यायाधीश फोरमका तर्फबाट अदालतमा भएको विकृति, विसङ्गतिलाई हटाउन हामीले सुधारका धेरै बुँदा राखेका छौँ । जसमा नियुक्तिदेखि न्यायपरिषद्को संरचना परिवर्तन, संवैधानिक परिषदमा प्रधान न्यायाधीशको संलग्नता नरहने, संसदीय सुनुवाइ खारेज हुनुपर्ने लगायतका बुँदा हामीले त्यसमा राखेका छौँ ।  पछिल्लोपटक न्यायाधीश र वकिलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि मलाई पनि बहुत आश्चर्य लागिरहेको छ । मैले पहिले कानुन पढाउँथे । मैले कानुन पढाएका धेरै वकिलहरु छन् । म न्यायाधीश हुँदा उनीहरु बहस गर्न पनि आउँथे । तर, हाम्रो...

न्यायालयको विकृति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

सर्वोच्च अदालतले न्यायालयको विकृति विसङ्गति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठिन समितिको उक्त तयार गरेको उक्त अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकको निर्णयानुसार आज सार्वजनिक गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रतिवेदनमा न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्ति प्रक्रियादेखि नै ध्यान दिनुपर्ने, न्यायाधीशको नियुक्ति, काज, पदस्थापनमा ध्यान दिनुपर्ने र  सरकारी वकिलका साथै बार, निजी कानून ...

न्यायाधीश नै बिचौलिया !

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको एक अध्ययन समितिले अदालतका न्यायाधीश नै बिचौलिया हुने गरेको निष्कर्ष निकालेको छ ।उक्त समितिले प्रधानन्यायाधीश राणालाई न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् बिचौलियाहरूबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी बिहीबार प्रधानन्यायाधीश राणासमक्ष प्रतिवेदन बुझाएको छ ।सो प्रतिवेदनमा कतिपय न्यायाधीशहरू बिचौलियाको भूमिकामा रहेको भनी किटान गरेको छ र त

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

काठमाण्डौ – सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताउनुभएको छ । न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत आइपुग्नुभएका न्यायाधीश कार्कीले मङ्गलवार सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधीशमा त्रासको वातावरण स...