म्याग्दी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका (स्थानीय तह) बाट छ जनाले उम्मेदवारी दिएका छन्। मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी (मनोनयन) दर्ता गराउने दुई स्वतन्त्रसहित १३ जनामध्ये छ जना बेनी नगरपालिकाका रहेका छन्। त्यसैगरी एउटै वडाका दुई जनाले उम्मेदवारी दिएका छन्। […]