लमजुङ कालिकामा फेरियो पूजाको सङ्कल्प, राजाको सट्टा जनताको सुख–समृद्धिको कामना

बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा कुनै समय राजाको भलोका लागि पूजा गरिन्थ्यो। अहिले त्यही परम्परागत विधिबाट देशवासीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म हुने विशेष पूजाको सङ्कल्प फेरिएको छ, तर पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि निरन्तर छ। “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प […]