राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि खुला, न्यूनतम २५ हजार रुपैयाँको आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्र आज असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। वार्षिक छ प्रतिशत ब्याजदर भएको ऋणपत्रमा न्यूनतम २५ हजार रुपैयाँको आवेदन दिन सकिनेछ। बैंकले कुल तीन अर्ब रुपैयाँबराबरका ३० लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो। प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्रमध्ये ४० प्रतिशत […]