बैतडी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि गत असोज २१ गते राति बाजुरालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।