जनकपुरधाम। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाम टुङ्गो लगाइएको छ। सात राजनीतिक दलको आज बसेको बैठकले उनको नामको टुङ्गो लगाइएको एक नेताले जानकारी दिएका छन्। मधेस प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय रहेको छ। मधेस प्रदेश सभा सचिवालयले ३ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने समय कार्यतालिका सार्वजनिक गरेको छ। […]