काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आज (शनिबार)देखि सुरु भएको छ । पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको […]