एजेन्सी- प्रिमियर लिगमा टोटनहम विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिए छ। टोटेनहमले वेस्ट हम युनाइटेडलाई ३-० ले हरायो। ब्रेन्टफोर्डका फाबियो कार्भाल्हो इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीविरुद्धको रोमाञ्चक लन्डन डर्बी २-२ को बराबरीमा सकियो। ३५औं मिनेटमा केभिन साडेले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । तर ६१औं मिनेटमा चोटबाट फर्केका कोल पाल्मरले चेल्सीलाई बराबरी गोल गरे।