नेकपा (एमाले)ले आगामी २१ फागुनमा हुने आम निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बुधबारदेखि तीन दिन चलेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पुन:स्थापनाले मात्रै देशलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्ने जनाएको छ। ‘केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ […]