विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ लगायतका मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।