दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा समाधान गर्न भन्दै गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । दुबै आयोगका […]

सम्बन्धित सामग्री

सत्य निरूपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप्ने निर्णय

काठमाडौँ- सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो । कानुन तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवा...

यतीको जहाज दुर्घटना जाँचबुझ आयोगको म्याद थप

काठमाडौं । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित ‘दुर्घटना जाँच आयोग–२०७९’को म्याद थप गरेको छ । गत माघ १ गते उक्त कम्पनीको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । उक्त दुर्घटनाको जाँचबुझका लागि सरकारले आयोग गठन गरेको थियो । सरकारले ४५ दिनको म्याद दिएर आयोग गठन गरेको थियो । आयोग गठन गरेको २ महीनामा सरकारले पुन: ४५ दिनकै म्याद थपेको छ । मन्त्रिपरिषद्को मंगलवारको बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको जानकारी दिइएको छ । दुर्घटनाको विस्तृत जाँचबुझ गरी दुर्घटनाको कारण पहिचान गरेर यस किसिमको दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्न आयोगलाई कार्यादेश दिइएको छ । अन्तिम प्रतिवेदनका लागि काम भइरहेकाले केही समय आवश्यक परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताए । यो अवधिमा उक्त दुर्घटनाको जाँचबुझका लागि आयोगका अधिकारीहरू सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआइबी)मा पुगेका थिए । सो संस्थासँगको समन्वयमा आयोगले फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । उक्त प्रतिवेदनले फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ‘नाइनएन–एएनसी’ कल साइनको जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर फेदरमा गएको देखाएको थियो । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने विषयमा प्राविधिक पक्षबारे थप अनुसन्धान आयोगले अघि बढाइएको छ ।

सत्यनिरुपण र बेपत्ता आयोगको म्याद थप्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप हुने भएको छ ।  आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले म्याद थप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।  “दुई आयोगको म्याद थप्ने निर्णय भएको छ,” उनले भने । त्यस्तै, बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन...

आयोगको पदाधिकारी र कानुन संशोेधनबारे निर्णय लिन भोलि बिहान गठबन्धनको बैठक

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारीको म्याद थप र कानुन संशोधनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। एक वर्षका लागि गत वर्ष साउन १ गते थप भएको म्याद सकिन लागेपछि सरकारले पाँचौपटक पदाधिकारीको म्याद थप्ने तयारी गरेको हो। त्यसका लागि शुक्रबर बिहान ९ बजे बस्ने […]

सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तथा पदाधिकारीको म्याद १ वर्ष थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। १७ महिनाअघि गठन भएका दुवै आयोगको म्याद आज सकिँदै थियो।