भुटानमाथी शानदार जित निकालेको नेपालले भोली भारतको सामना गर्दै

काठमाडौं, ३ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाले भुटानमाथी शारदार जित निकालेको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै मेनुका आले मगरले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाएकी थिइन् । खेलको १८औ मिनेटमा कुशुम खतिवडाले नेपालको अग्रता दोब्बर बनाइन् । […]