विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

सम्बन्धित सामग्री

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुल्यो, ५ सय रुपैयाँ तिरेर मात्रै हेर्न पाइने

काठमाण्डाै – नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले निरन्तरता नदिएपछि विवाद सकिएको हो ।अदालतको यो निर्णयसँगै विश्व कप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुलेको छ । म...

मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम

काठमाण्डौ – आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् ।  चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुन सक्छ’, वितरक श्रेष्ठले बताउनुभयो ।  नेपालमा चुनावभन्दा पनि विश्व कपले बढ...

अक्टोपसको नेपाल चिन्ता

गत हप्ता दक्षिण अफ्रिकामा सकिएको विश्व कप फुटबल प्रतियोगिता हेरेर फर्किएका नेपाली व्यवसायीहरूका अनुसार अक्टोपसले नेपालका बारेमा विभिन्न खालका भविष्यणवाणी गरेको छ रे । उनीहरूको भनाइमा नेपाल उद्योग  परिसंघ अब नेपाल महाउद्योग परिसंघ बन्ने ठोकुवा अक्टोपसले गरेको छ रे । जिल्लाजिल्लामा परिसंघका शाखा खोल्ने उद्घोष यसका अध्यक्षले पहिल्यै गरिसकेको सन्दर्भमा यो भविष्यवाणीमा केही दम देखिन्छ । तर, जिल्लामा नेतृत्व लिने मानिस पाउन गाह्रो हुने भएकाले ती खुलिहाल्न भने सकेका थिएनन् । यो प्रसंगमा अब परिसंघका अध्यक्ष विनोद चौधरीले क्लोनिङ गरेर हरेक जिल्लामा पठाइने र  महाउद्योग खुल्ने पनि अक्टोपसको दाबी छ । आफ्नो अनुअहारसँग ठ्याक्कै मिल्ने व्यक्ति भएपछि अध्यक्ष चौधरीलाई पनि जिल्लाहरुमा नेतृत्व हस्तान्तरण गर्न सजिलै हुनेछ ।   यता आठ महिनापछि हुनुपर्ने चुनावताका नेउवामहासंघको पनि अक्टोपसको जस्तै अंगप्रत्यंगहरू विस्तार हुने भविष्यवाणी पनि अक्टोपसले गरेको छ । अक्टोपस पउलको कथनअनुसार त्यसउप्रान्त नेउवासमहासंघको विस्तार ढकाल नेउवासंघ, कर्णिकार उद्योग महासंघ, वैद्य संगठन आदि रूपमा हुनेछ । नेपाल चेम्बर अफ कमर्सको नेतृत्वबारे भने वर्तमान महासचिवलाई अध्यक्ष बनाउने सहमति पहिल्यै भएको बुझेर हुन सक्छ अक्टोपसले यस विषयमा आफ्नो टाउको हात पुच्छर आदि केही पनि हल्लाएन  । अक्टोपसका अनुसार अब दुई वर्षभित्र नेपालमा द्विराष्ट्रिय व्यावसायिक चेम्बर वस्तुगत चेम्बरहरूको संख्या विश्वमा भएका त्यसखाले चेम्बरहरूको दोब्बर पुग्नेछ । त्यसको कारणबारे अक्टोपसले केही पनि बताएन । (तीतोमीठोबाट) वर्ष ५, अंक ४६, २०६७, साउन ३–९