एमाले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको म...