पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध :: Pahilopost.com

रसुवा: गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ। राम्चेका समाजसेवी चामसिंह तामाङका अनुसार कालिका गाउँपालिका–१…

सम्बन्धित सामग्री

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण रसुवाका ठाउँठाउँमा सडक अवरुद्ध

रसुवा - गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको बेत्रावती कालीकास्थान सडक खण्ड अन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका–५ मा रहेकाे बनुवामा पहिरो गएका कारण बिहानैदेखि गाडी सञ्चालन हुन सकेका छैन। पहिरोले बेत्रावती-मैलुङ सडक खण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङ...