टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

सम्बन्धित सामग्री

टोटनहमको जित, आर्सनल पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहम हटस्पर विजयी भएको छ । अर्को खेलमा आर्सनल भने पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नमाउथ माथि ३–१ को जित हासिल गरेको हो । नवौं मिनेटमा पापे सारले जियोभानी लो सेल्सोको पासमा बक्सको भित्रबाट गोल गर्दै खेलमा अग्रता लिएका थिए । गोलकर्ता सारले पहिलो हाफमा […] The post टोटनहमको जित, आर्सनल पराजित first appeared on हाम्रो खेलकुद.

क्रिस्टल प्यालेससँग आर्सनल पराजित

क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत  छ । उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।