दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० गते हुने स्थानीय चुनावमा जनताले मन पराएका प्रतिनिधि चुन्न नदिन अराजनीतिक प्रकृतिको गठबन्धन हुन लागेको बताए।मंगलबार दाङको घोराहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव नगर्न विभिन्न षड्यन्त्र भएको भन्दै संविधान, कानुनको बाध्यता र आफ्नो पार्टीको निरन्तर खबरदारीले गर्दा वैशाख ३० गते स्थानीय चुनाव हुन लागेको बताए।उनले भने, ‘अहिले अराजनीतिक प्रवृत्ति गठबन्धन गर्ने तयारी भइरहेको छ। उनीहरूको विचारधारा पनि मिल्दैन तर