धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै नेताहरू सक्रिय बनेका छन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए। त्यसपछि सत्तारुढ दलका नेताहरूले दौडधुप बढाएका हुन्।सरकारको नेतृत्व हत्याउन लागिपरेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले दौडधुप बढाएका हुन्। उनीहरूका प्रदेशस्तरका शीर्ष नेताहरू नेतृत्वको माग गर्दै सरकार बनाउन लबिङका लागि संघीय राजधानी काठमाडौँतर्फ हानिएका छन्।आज