राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी रहेका छन् । पोखरास्थित रंगशालामा शुक्रबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले नवौँ राष्ट्रिय खेलकुद-२०७९ को औपचारिक रूपमा उद्घाटन गरेका छन् । उक्त खेलकुदमा नेपाल प्रहरीको तर्फबाट १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी गरी ४ सय ९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको छ