मल्लरानीको न्यायिक समितिद्वारा अन्य पालिकासँग अनुभव आदानप्रदान

कमल पौडेल, प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाले विभिन्न पालिकाहरुसँग अनुभव आदान प्रदान गरेको छ । मल्लरानी गाउँ पालिका न्यायिक समितिको आयोजनामा अन्तर जिल्ला, नगर तथा उपमहानगर पालिकाहरुमा न्याय सम्पादन सम्बन्धी अन्तरक्रिया गरिएको हो । यहि चैत ८ गते देखि १२ गतेसम्म चलेको कार्यक्रममा अन्तर्गत प्युठान, दाङ, कैलाली, डडेल्धुरा र सुर्खेतका पालिकासँग अन्तरक्रिया गरिएको थियो । त्यसक्रममा दाङको राप्ति गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित न्यायिक समितिका सदस्यहरुसँग अनुभवको आदान प्रदान गरिएको हो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगर, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, न्यायिक समिति सदस्य कमल पौडेल, राजकुमार श्रेष्ठ, गाउँपालिकाका कानुनी सल्लाहकार मेलमिलापकर्ता रकर्मचारी सहित १३ सदस्यीय टोली रहेको थियो । कार्यक्रम निकै उपलब्धिमुलक रहेको र यसले आगामी दिनमा गाउँपालिकाले गर्ने न्याय सम्पादनमा थप सहज हुने अध्यक्ष अमरध्वज रानाले बताउनुभयो ।