भक्तपुरमा यसरी बन्दैछ तिहारमा बत्ती बाल्ने पाला (फोटो फिचर)

काठमाडौं : तिहार नजिकिएसँगै बोलाछेँ टोलका प्रजापति समुदायका मानिसहरू ‘पाला’ बनाउन व्यस्त छन्। तिहारको लागि बजारमा पालाको माग बढेकाले उनीहरु ब्यस्त भएका हुन्।पोट्री स्क्वाएरको नामले चिनिने बोलाछेँ टोलमा यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ। तिहारमा बत्ती बाल्न माटोको पाला  प्रयोग गरिन्छ।