राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान गर्ने तयारी, कांग्रेस सभापति देउवाले सांसदहरुसँग छलफल गर्दै

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नुभएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिले सरकार गठनको आह्वानको तयारी गर्नुभएको हो । केही दिनमै दलहरुलाई बहुमतसहित सरकारको दाबी गर्न आह्वानको तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले राष्ट्रपति भण्डारीले गृहकार्य सुरु गरेको जानकारी दिँदै सम्भवत: भोलि आइतवार सरकार गठनका लागि आह्वान हुनसक्ने बताउनुभयो ।...

सम्बन्धित सामग्री

देउवा-प्रचण्डबीच एक घण्टा छलफल

काठमाडौं । नयाँ राजनीतिक कोर्षमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घण्टा छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।