राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिटी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताए ।नदीले कटान गरेका जमिनको संरक्षण, बायोइन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी संकलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए । यस्तै तराई