टी–सिरिजका प्रबन्ध निर्देशक भूषण कुमारमाथि बलात्कार आरोप लगाउने विरुद्ध प्रहरीमा उजुरी दर्ता

एजेन्सी। टी–सिरिजका प्रबन्ध निर्देशक तथा फिल्म निर्माता भूषण कुमारमाथि बलात्कार आरोप लगाउने महिलाविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ। टी–सिरिजले आरोप लगाउने महिलामाथि भूषणलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको भन्दै उजुरी दर्ता गराएको हो। ३० वर्षीया ती महिलाविरुद्धमा प्रमाणसहित मुम्बई प्रहरीमा उजुरी दर्ता गरिएको छ। उक्त महिलासँगै मुम्बईका स्थानीय नेता मल्लिकार्जुन पुजारीविरुद्ध उजुरी दर्ता गरिएको छ।