सभामुख सापकोटाकाे दाबी : पदीय जिम्मेवारीमा दृढ छु, कानुनबाहिर गएकाे छैन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफू सभामुखको पदीय जिम्मेवारीप्रति सचेत रहेको बताएका छन्। संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पदीय जिम्मेवारी सभामुखले पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला उनले यस्तो बताएका हुन्।इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बत