महन्थ पक्षीय १९ सांसद रिसोर्टमा भेला, यी हुन् छलफलका एजेन्डा

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १९ सांसद भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् । भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएको नेपालको संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार बनाउने विषयमा छलफल भइरहेको सांसद चन्दा चौधरीले जानकारी दिइन् । ‘राष्ट्रपतिले आह्वान गरेअनुसारै गठबन्धन सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल भइरहेको छ, सांसद चौधरीले भनिन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्र असन्तुष्ट रह...