कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, डोटीमा बस पल्टियो

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार (आज) बिहान सात बजे लु१ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप-०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो।ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावल घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। लम्कीचुहाकै स्थानीय रावलको लम्कीमा सामान