भारतले प्रतिबन्ध हटाएपछि डेढ महिनामा ४ अर्बको धान आयात

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेसँगै वीरगन्ज भन्सार नाकाबाट डेढ महिनाको अवधिमा करिब ४ अर्बको धान आयात भएको छ । भारत सरकारले कार्तिक १५ गतेदेखि नेपालको लागि धानको निर्यात खुला गरेको हो ।धानको आयातमा आएको सहजतासँगै कात्तिक १५ गतेदेखि मंसिर मसान्तसम्म ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार रुपिया बराबरको ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि &nbs