आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताह