खुला क्षेत्र घटाउने, अग्ला भवन बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा

भवन बनाउँदा छाड्नुपर्ने खुला क्षेत्रफलसम्बन्धी मापदण्ड संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको छ । भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत सहरी विकास मन्त्रालयले भवन बनाउँदा खाली छोड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा पनि झन् फराकिला/अग्ला भवन बनाउन पाउने गरी मापदण्ड संशोधन गर्न लागेको हो । घरजग्गासम्बन्धी कारोबार गर्ने ठूला व्यवसायीको दबाबमा मन्त्रालयले मापदण्ड संशोधन प्रस्ताव मन्त्रिपरिषद् पुर्‍याएको हो ।