मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ। केही ठाउँमा भने मतदान हुँदैछ।समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ। अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैछ। त्यसैले गठबन्धनको आडमा सरकार बनाउनुको विकल्प छैन। अब बन्ने सरकार पनि गठबन्धन भएर नै बन्ने निश्चित छ। नेपाली कांग्रेस र नेकपा एमाले पहिलो पार्टी बन्नका लागि प्र