एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए। त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए। 

सम्बन्धित सामग्री

गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

काठमाडौँ – गणपुरक संख्या नपुग्दा संसद बैठक प्रभावित भएको छ। औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् प्रस्ताव निर्णायर्थ पेश गर्दा कोरम नपुगेको हो। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेक्रममा नेमकिपाकास सांसद प्रेम सुवालले नियम आपत्ति गर्दै गणपुरक संख्या (कोरम) गणना गर्न माग गरेका थिए। उनको मागपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा […]

संसद बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, १० जेठ । संसद बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ […]

सरकारले बिहीबारको संसद बैठक स्थगित गर्न आग्रह किन गरेको होला ?

बिहीबार बस्ने भनिएको संसद बैठक सरकारको आग्रहमा स्थगित भएको गरियो । बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो । अर्को बैठक शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सम्झौता माथि छलफलकालागि प्रस्ताव पेस गर्ने तयारी छ ।

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो । कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा […]

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ। सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि

संसद बैठक सुचालु गराउन भूमिका खेल्न सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई सूचारु गराउन भूमिका खेलिदिन सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आज गठबन्धनको बैठक बोलाएर अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गर्र्नु पर्ने भएकाले संसद बैठक सहज ढंगले संचालन हुने वातावरण बनाउन सत्तारुढ दलका नेताहरुलाई आग्रह […]

संसद बैठक चलाउनु गर्नुपर्नेमा माओवादी केन्द्रको जोड

काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रले सत्ता र प्रतिपक्षको सहमतिमा संसद बैठक चलाउनु पर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले संसदबाट अध्यादेशहरु पास गराउन पहल लिने निर्णय पनि गरेको छ । प्रमुख विपक्षी एमालेले संसद बैठक चल्न नदिने भनी लिएको अडानप्रति ध्यानाकर्षण भएको भन्दै माओवादी […]