हेटौँडा उपमहानगरमा समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।  ३५३३ मत गन्दा  मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् ।गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामाले  १०६९ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १०६६ ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएको छन्  । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १५४२ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १२७० मत ल्याएकी छन् । राप्रपाकी इन्दिर

सम्बन्धित सामग्री

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको झिनो अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा  मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।  नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१  मत ल्याएकी छन् ।

हेटौँडामा एमालेलाई एक मतको अग्रता

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।  ३०७६ मत गन्दा  मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।उनले ९२३ मत ल्याउँदा  गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले  ९२२ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १३५० मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १०९६ मत ल्याएकी छन् ।

हेटौँडामा एकीकृत समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । २ हजार ६१८ मत गन्दा  मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।उनले ७८६ मत ल्याउँदा  गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ७८५ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवारले ११५१ मत ल्याउँदा एमालेले ९४३ मत ल्याएको छ ।