महन्थ ठाकुर बालुवाटारमा

जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । विपक्षी गठबन्धनलाई नसघाएर तटस्थ बसेका उनी बिहीबार साँझ ओली भेट्न बालुवाटार पुगेका हुन् । उनकै असहयोगका कारण काँग्रेस नेतत्वमा बहुमतको सरकार बन्न सकेन भने फेरि ओली नै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । 

सम्बन्धित सामग्री

महन्थ ठाकुर डिस्चार्ज

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार भैरहवामा अस्वस्थ भएर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसिटी अस्पताल भर्ना भएका ठाकुर आज डिस्चार्ज भएका हुन् । ठाकुरको रगतमा अक्सिजन कम देखिएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याएर उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई कुनै गम्भीर समस्या नभएको पुष्टि भएपछि अस्पतालले डिस्चार्ज […]

मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको उपेन्द्रको आरोप

भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको उहाँको आरोप छ । जसपा नेपाल केन्द्रीय समितिले आज भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनुभएको हो […]

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि दलबिहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। दल विभाजनसम्बन्धी अध्यायदेश आएपछि ठाकुर नयाँ पार्टी जसपा लोकतान्त्रिक दर्ता गर्न आयोग...

यसकारण महन्थ ठाकुर एकाबिहानै पुगे बलुवाटार

सरकारले दल विभाजनसम्बन्धी अध्ययादेश ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर पक्षबीच भेटवार्ता भएको छ।

महन्थ ठाकुर र राजेन्द्र महतो जसपा नेपालको साधारण सदस्यमात्र

जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यको रुपमा मात्र सीमित गरिएको छ ।जसपाले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्दै महन्थ ठाकुर, राजेन्द्र महतोलाई साधारण सदस्यका रुपमा सीमित गरेको हो । यसअघि ठाकुर पार्टीका अध्यक्ष थिए भने महतो वरिष्ठ नेताका रुपमा थिए ।जसपाले निर्वाचन आयोगमा ५१५ जना केन्द्रीय सदस्यको नामावली पठाएको छ । उक्त नामावलीमा महन्थ ठाकुर पक्षका अधिकांशको नाम छैन । जसपा नेपाल पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यको सूचीमा उपेन्द्र यादव नेतृत्वका तत्का

उपेन्द्र यादवको माइन्युटमा महन्थ ठाकुर पक्षको नाम

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो।  तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्ष

निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले […]

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष ओली सरकारबाट बाहिरिएसँगै उसले उठाउँदै आएको माग पनि ओझेलमा परेको छ । जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो मागका बारेमा कुरै गर्न छाडिसकेका छन् ।सरकारमा सहभागी हुनुअघि पटक–पटक बालुवाटार जाने गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले बालुवाटारतिर फर्केर पनि हेरेका छैनन् ।माग उधारोमा होइन, नगदमा प्राप्त गरेपछि मात्र सरकारमा सहभागी हुने भन्दै अध्यक्ष ठाकुरको पक्षबाट ११ जना सरकारमा सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरु सरकारबाट बाहिर

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठक बस्दै

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकट सांसदहरूको बैठक शुक्रवार बिहान बस्दैछ । महन्थ ठाकुर निकट रहेका सांसदहरूलाई पार्टी कार्यालयमा १० बजे बोलाइएको हो ।  सांसदहरू अहिले पार्टी कार्यालय बबरमहलमा भेला भइरहेका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आज बेलुका ५ बजे सम्मको समय दिएकाले सांसदहरूलाई बैठकका लागि बोलाइएको जसपाका एक सांसदले बताए। ‘संसदीय दलको बैठक नै भन्नु भन्दा पनि सांसदहरूलाई अहिलेको परिस्थितिमा छलफल गर्नका लागि बोलाइएको हो...