महाभियोग सिफारिस समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच प्रतिवेदनमा राख्ने केही विषयमा विवाद भएको छ । विवादका क्रममा सदस्यहरुबीच चर्काचर्की नै भएको छ । समितिका सभापति रामबहादुर विष्टले प्रतिवेदन तयार गरेर ल्याएर बैठकमा छलफल गर्दा महाभियोग अर्को संसद्ले ग्रहण गर्न सक्ने बुँदा राखेको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका हुन् । एमाले सांसदहरूले डीना उपाध्यायलाई भेट्न पठाएको विषय पनि प्रतिवेदनमा राख्नुपर्ने अडान राखेका छन् ।बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाम्फेले सफाइको