लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच मर्जरका लागि सम्झौता भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन । दुई क्यापिटलबीच मर्जरका लागि असोज १८ गते औपचारिक सम्झौता भएको हो । मर्जर सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।  लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन । दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी दिएका छन् ।  

सम्बन्धित सामग्री

मर्जर प्रस्ताव पारितका लागि लक्ष्मी र सनराइज क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि कात्तिक २१ गते विशेष साधारण सभा बोलाएका छन् । असोज १८ गते औपचारिक रुपमा मर्जरका लागि सम्झौता गरेको कम्पनीहरूले विशेष साधारण सभामार्फत अन्तिम सहमति प्रदान गर्न लागेका हुन । दुबै क्यापिटले उक्त दिन लक्ष्मी सन्राइज बैंक लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौ.मा दिउँसो ४ बजे सभा बोलाएका हुन । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । मर्जरका लागि सहमति भएको शेयर स्वाप रेसियोलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि आवश्य सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन । लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन । दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी कम्पनीहरूले दिएका छन् ।