काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दै छ ।नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३-० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको […]
ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
बाँके । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ । नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको छ । […]