होटल बन्द हुँदा सडकमै खाना

तामाकोसी–जिरी सडक खण्डको वैतेश्वर गाउँपालिका–४ बुस्तीमा आधा दर्जन ट्रक चालकहरू मिलेर सडकमै खाना पकाउन लागेको भेटिन्छन् । रातभर ट्रक चलाएका चालकहरू उज्यालो भएपछि पानीको धारो भएको ठाउँमा रोकेर खाना पकाउनु ट्रक चालकहरूको दैनिकी जस्तै बनेको छ ।