घट्यो उद्योग दर्ताको प्रस्ताव

काठमाडौं। गत आर्थिक वर्षमा कोरोना महामारीका कारण विदेशी लगानीकर्ताले गर्ने उद्योग दर्ताको प्रस्ताव घटेको छ। उद्योग विभागले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष२०७७/७८मा उद्योग दर्ताको प्रस्ताव घटेको हो। गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताबाट जम्मा२०३वटा उद्योग दर्ताकाो प्रस्ताव आएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा७४ कम हो। अघिल्लो आर्थिक वर्षमा २७७वटा उद्योग खोल्ने प्रस्ताव विदेशी लगानीकर्ताबाट आएको थियो।

सम्बन्धित सामग्री

पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा उद्योग दर्ता गर्ने क्रम घटेको पाइएको हो । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा २ सय २३ वटा उद्योग दर्ता भई ५ सय २५ जनाले […]

तनहुँमा उद्योग दर्ता घट्यो

तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ६०३ तीन उद्योग दर्ता भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्ने क्रम घटेको हुनसक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । […]

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता

पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो।...

वैदेशिक लगानी प्रतिबद्धता: उद्योग दर्ता संख्या बढ्यो प्रतिबद्धता रकम घट्यो

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले गर्नेे प्रतिबद्धता घटेको देखिएको छ । उद्योग दर्ता र लगानी प्रतिबद्धताको रकम उद्योग विभागबाट स्वीकृत गराउँदै आएका विदेशी लगानीकर्ताले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा कम लगानी स्वीकृति गराएका हुन् । प्रतिबद्धता रकम घटे पनि दर्ता हुने उद्योगको संख्या भने तुलनात्मक रूपमा बढी छ । उद्योग विभागले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार लगानी प्रतिबद्धता रकम १५ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । उद्योग दर्ता संख्या भने बढेको छ । गत आवमा ३२७ ओटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७८/७९ मा उद्योग दर्ता संख्या २९५ थियो । विभागका अनुसार गत आवमा ३२७ ओटा उद्योग दर्ता हुँदा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागमा दर्ता र लगानी स्वीकृत भएका उद्योग सञ्चालनमा आउँदा मुलुकमा थप १७ हजार १२ जनालाई रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । अघिल्लो आव २९५ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ५४ अर्ब १५ करोड रुपैयाँ थियो । प्रस्तावित रोजगारी १६ हजार ९०५ थियो ।  विदेशी लगानीकर्ताहरू सानो स्केलका उद्योगमा लगानी गर्न बढी उत्साहित रहेको देखिन्छ । यो क्रम गत आवमा पनि दोहोरिएको छ । गत वर्ष ३२७ उद्योग दर्ता हुँदा साना स्केलका उद्योगको संख्या २९७ छ । अघिल्लो आवमा यस्ता २१७ उद्योग दर्ता भएका थिए । सरकारले विदेशी लगानीमा कायम गरेको न्यूनतम थ्रेसहोल्डका कारण उद्योग दर्ता संख्या बढेको विभागका एक अधिकारीले जानकारी दिए । उनका अनुसार लगानी रकम भने कम छ । सरकारले यस्तो थ्रेसहोल्ड पटक–पटक संशोधन गर्दै आएको छ । फलस्वरुप विदेशी लगानीकर्ता थ्रेसहोल्डभित्रै रहेर परियोजना स्वीकृत गराउन बढी केन्द्रित भएको विभागको तथ्यांकले देखाउँछ । सरकारले पछिल्लोपटक २०७९ असोजमा विदेशी लगानीको थ्रेसहोल्ड घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । यसअघि २०७६ जेठमा सरकारले यस्तो सीमा ५ करोड रुपैयाँ तोकेको थियो । त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ थियो ।  उद्योग विभागको तथ्यांक हेर्दा विदेशी लगानीकर्ताले यही सीमामा रहेर लगानीका परियोजना प्रस्ताव गर्ने र स्वीकृत गराउने गरेको देखिन्छ । गत आवमा मझौला उद्योग २५ र साना स्केलका उद्योग ५ ओटा दर्ता भएका छन् ।  विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा बढी इच्छुक देखिन्छन् । गत आवमा सोही क्षेत्रमै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार विदेशी लगानीका उद्योग दर्तामध्ये ३४ दशमलव ४१ प्रतिशत पर्यटन क्षेत्रका छन् ।  पर्यटन क्षेत्रपछि विदेशीको आकर्षण सेवाक्षेत्रमा छ । तेस्रो स्थानमा उत्पादनमूलक क्षेत्रका उद्योग दर्ता भएका छन् । आइसीटीमा १६ दशमलव ५ र ऊर्जा तथा कृषिक्षेत्रमा १ प्रतिशत उद्योग दर्ता भएका छन् ।

घट्यो उद्योग दर्ता र विदेशी लगानी

काठमाडौं, माघ ७। चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपैयाँ लगानी स्वीकृत […]

अर्थतन्त्रमा मन्दी छाएपछि उद्योगमा लगानी घट्यो

साढे तीन महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, गत वर्षभन्दा २६.३५ प्रतिशतले कमी, विदेशी लगानी पनि ऋणात्मक अवस्थामा पश्चिम सेती र सेती नदी–६ मा भारतले करिब तीन खर्ब लगानी गर्ने फाइल तस्बिर...

महामारीले घट्यो उद्योग दर्ता, एक वर्षमा २०३ नयाँ उद्योग दर्ता

रासस।कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको संख्यामा कमी आएको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा स्वदेशी लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको संख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार अघिल्लो आर्थिक वर्ष २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए।गत आर्थिक वर्ष २०७७/७८ मा २०३ उद्योग दर्ता भएका छन्।

एक वर्षको अवधिमा डेढ खर्ब लगानीका उद्योग दर्ता : उद्योग विभाग

साउन १०, काठमाडौं । नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब रुपैयाँ बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् ।            आर्थिक वर्ष २०७७/ ७८ मा १ खर्ब ५६ अर्ब ६४ लाख रुपैयाँको लगानीमा विभिन्न छ  ओटा शीर्षकका २०३ ओटा उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।            कृषि तथा वन पैदावारमा आधारित २१ ओटा उद्योगमा ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, ३०  ओटा ऊर्जामूलक उद्योगमा १ खर्ब ९ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ  ओटा उद्योगमा ८० करोड रुपैयाँ लगानी रहेको छ ।            यस्तै, पूर्वाधारका दुई ओटा उद्योगमा १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ, उत्पादनमूलक ७० ओटा उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा १२ करोड ३० लाख रुपैयाँ, सेवामूलक ३३ ओटा उद्योगमा ५ अर्ब ६४ करोड ५ लाख रुपैयाँ र पर्यटनसँग सम्बन्धित ४० ओटा उद्योगमा १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ लगानी छ ।            घट्यो उद्योग दर्ता            कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।            उनका अनुसार अघिल्लो आवमामा १ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको लगानीमा २७७ ओटा स्वदेशी उद्योग दर्ता भएका थिए । घट्यो विदेशी लगानी प्रतिबद्धता            कोरोना माहामारीकै कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानीको प्रतिबद्धतामा कमी आएको छ । गत आवमा लगानी रकमसँगै उद्योेगको सङ्ख्यामासमेत कमी आएको हो ।            अघिल्लो आवको तुलनामा गत आवमा ४० ओटा उद्योग कमी हुनाका साथै ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी घटेको हो। अघिल्लो आवमा २२३ ओटा उद्योगका लागि  ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकामा गत आवमा १८३ ओटा उद्योगका लागि ३२ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र प्रतिबद्धता आएको विभागले बताएको छ ।            कुन उद्योगमा कति प्रतिबद्धता            गत आर्थिक वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै उद्योगमा लगानीको प्रतिबद्धता आएको छ । यसक्षेत्रमा १०१ ओटा उद्योगका लागि  १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएकोे हो ।      यस्तै, कृषि क्षेत्रमा तीन ओटा उद्योगका लागि  ५२ करोड ९० लाख रुपैयाँ, ऊर्जामा चार ओटा उद्योगका लागि १ अर्ब ५४ करोड रुपैयाँ, सूचना प्रविधिसँग सम्बन्धित १५ ओटा उद्योगका लागि २ अर्ब ९५ करोड रुपैयाँ, १९ ओटा उत्पादनमूलक उद्योगका लागि २ अर्ब ८६ करोड रुपैयाँ र ४१ ओटा सेवामूलक उद्योगका लागि ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धतासँगै ५ हजार ८३३ जनालाई रोजगारी दिइने भएको छ ।            नयाँ व्यवस्थानुसार ५ करोडभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुँदैन । न्यूनतम ५ करोड रुपैयाँभन्दा माथि तोकिएका प्रतिबद्धता रकममा वृद्धि भएपनि उद्योगको सङ्ख्यामा भने कमी आएको विभागले बताएको छ । रासस

बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्यो

आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिनुभयो।