तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मिना नेपालको बारीमा लटरम्म गोलभेंडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेडा टिप्दै गरेकी नेपालले भनिन् ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेडा रोपेकी छिन् ।  ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो,’ उनले भनिन् ‘विदाको समयमा सहयोग श्रीमानले पनि सहयोग गर्नुहुन्छ । अरुबेला आफैं खटिन्छु ।’ खेताला, बीउविजन, औषधी गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् । नेपाल मात्रै होईन डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेंडा लगाउँदै आएका सोहि ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेंडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन’, उनले भने ‘बारीमै गोलभेंडा उठाउन आउँछन् ।’  उनीहरुले अहिले गोलभेंडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाई खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गत वर्ष गोलभेंडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने ‘यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साँढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानहरुलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताईन् । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरीले गोलभेडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक ७०० क्रेट यहाँका किसानले फलाएका गोलभेंडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेंडा लिन व्यापारीहरु गाँउमानै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेंडा फलाउने तरिका अलि फरक छ । किसानहरुले मकै दोर्‍याउने बेला गोलभेंडाका विरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेंडालाई थाक्रो हुन्छ । यसले गोलभेंडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेंडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताइन् । बिना सिँचाई यहाँको माटोमा गोलभेंडा फल्ने गरेको उनले बताए ।  यो क्षेत्र समुन्द्री सतहबाट १ हजार ४०० मिटरको उचाईमा छ । दक्षिण पटी फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरी हरेक परिवारले मकै भित्र रोपेका गोलभेंडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेंडा रोपेका परिवारले पनि यो समय कम्तीमा १ लाख आम्दानी गरेका छन् । 

सम्बन्धित सामग्री

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक, पुस १८। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर […]

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेँडा रोपेकी छिन् । नेपाल मात्रै होइन, डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका सोही ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेँडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै गोलभेँडा उठाउन आउँछन् ।’ उनीहरूले अहिले गोलभेँडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गतवर्ष गोलभेँडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो वर्ष कृषि पकेट क्षेत्रका लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताए । डडुवा, रानीटार र झुलेटारका ३ सय घरधुरीले गोलभेँडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेँडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक सात सय क्रेट यहाँका किसानले फलाएका गोलभेँडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । किसानको गोलभेँडा लिन व्यापारीहरू गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । किसानहरूले मकै दोर्‍याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेँडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नुपर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताए । विनासिँचाइ यहाँको माटोमा गोलभेँडा फल्ने गरेको उनले बताए ।