कास्की – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा आइतवारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेस प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् ।
एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन...