धादिङको सिम्ले बजारमा खुल्यो माछापुच्छ्रे बैंकको शाखा

काठमाडौँ। माछापुच्छ्रे बैंकले धादिङ्ग जिल्लाको सिम्लेबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।