जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ – सरकारले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्य पनि हेर्ने जिम्मेवारी दिएको छ। हाल इजिप्टका आवासीय राजदूत रहेका लम्साललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोर्डनको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। यस्तै, अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। रेग्मी भियनास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि […]