एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। […]

सम्बन्धित सामग्री

झलनाथ खनाल नर्भिक भर्ना, अक्सिजन सपोर्टमा उपचार हुँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।

झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी आज (सोमबार) थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । खनालले केही दिनअघि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचार गरेका थिए ।

झलनाथ खनाल संक्रमणमुक्त

काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। 'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त…