प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डीएसपी

जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डीएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डीएसपीले हेर्ने गरेका थिए ।परिसरमा २ जना डीएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भ

सम्बन्धित सामग्री

प्रहरी परिसर प्रमुख कार्कीसहित २४ अधिकृत पुरस्कृत

प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।...

खुला भाँडामा पेट्राेल बिक्री नगर्न प्रहरी परिसर काठमाडाैँकाे निर्देशन

काठमाडाैँ – जिल्ला प्रहरी परिसर काठमाडाैँले पेट्राेलीयम पदार्थकाे प्रयाेगबाट घटेका विभिन्न अप्रिय घटनालाई मध्यनजर गर्दै खुला भाँडामा पेट्रोल बिक्री नगर्न पेट्रोल पम्पहरूलाई निर्देशन दिएको छ। प्रहरी परिसर काठमाडाैँले बुधबार एक सूचना जारी गर्दै पम्पले खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा पेट्राेलियम पदार्थ बिक्री गरेकाे पाइएकाे र  जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन […]

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ ।  उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डिएसपीले […]

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सुदीप गिरी

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी शुक्रवारदेखि परिसरमा हाजिर भएको बताए । यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम

महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम बनाइएको छ ।  नवनिर्मित कन्ट्रोल रुमको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरे ।  सो अवसरमा सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्रसमेत प्रदान गरे ।  महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथ...

काठमाडौं प्रहरी परिसर प्रमुख फेरीए

काठमाडौं, ५ मंसिर । काठमाडौं प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरी तानिएका हुन् । यसअघि प्रमुखको जिम्मेवारी सम्हालेका काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, महानगरीय प्रहरी प्रमुख ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा यज्ञ […]

टेकु प्रहरी परिसर छेउको घरमा आगलागी

काठमाडौँँ । काठमाडौँँ प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय भने खुलेको छैन् ।

टेकुस्थित प्रहरी परिसर नजिकै आगलागी

काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ ।

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलगाी

काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको स्मारिका विमोचन

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाशन गरेको स्मारिका मंगलवार विमोचन गरिएको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख तथा एआईजी हरिबहादुर पालले सो स्मारिकाको विमोचन गरेका हुन् ।  शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रण गर्दा गरेका कार्यहरूको अभिलेख राख्न स्मारिका प्रकाशन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । स्मारिकामा २०७५ कात्तिकदेखि हालसम्म गरिएका विभिन्न ४१ हजार ८५१ वटा कार्यक्रमका गतिविधि समेटिएको छ ।