एमसीसीको विरोध भएपछि अमेरिकाले भन्यो–तथ्यमा आधारित बहस गर्न पाइन्छ

नेपालमा विभिन्न पक्षबाट एमसीसीको विरोध भएपछि अमेरिकाले तथ्यमा आधारिक बहस गर्न सबैलाई छुट रहेको भन्दै आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा भएको जनाएको छ । ‘एमसीसीबारे तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थन गर्दछौँ’, दूतावासको ट्वीटरमा भनिएको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा हो । अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको स...