नेपाल टेलिकमको डाटा सेवाको बजार हिस्सामा वृद्धि, भ्वाइस र डाटा दुवै सेवामा अग्रणी

चैत २६, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५ दशमलव ५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ । चालू आर्थिक वर्षमा कम्पनीकोे राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ ।             साथै कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५ दशमलव ३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५ दशमलव १४ प्रतिशतले वृद्धि भई ५३ दशमलव ८२ प्रतिशत पुगेको र त्यसरी भ्वाइस र डाटा दुवै सेवामा कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको जानकारी दिए।            प्रविधिमा भएको विकास र परिवर्तनसँगै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवर्द्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब २१ करोड  रुपैयाँ र ७ अर्ब १३ करोड रुपैयाँ कायम गर्न कम्पनी सफल भएको उनले बताए ।            प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षको विश्लेषण र मूल्यांकन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा फोरजी एलटिइ सेवा उपलब्ध गराइसकेको र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे। सोलुखुम्बुको ३ हजार १३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गमस्थानमा मोबाइल सेवा आरम्भ गरिएको छ ।            कम्पनीले भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । डिजिटल अर्थतन्त्र विकास र विस्तार गर्न सहयोग गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइलमा आधारित वित्तीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना भई सेवा शुरु भइसकेको प्रवक्ता अधिकारीको भनाइ छ ।  रासस  

सम्बन्धित सामग्री

डाटा रिकभरी नभएपछि लोकसेवा आयोगद्वारा पुनःदरखास्त आह्वान

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनःदरखास्त गर्नुपरेको बताउनुभयो । “डाटा […]

डाटा ग्याप्सः कहाँ छ हाम्रो कमजोरी ?

डाटालाई २१ औं शताब्दीको नयाँ तेल भनिन्छ । अहिलेको डिजिटल युगमा डाटा नै सबैभन्दा मूल्यवान चीज हो । सन् २००६ मा बेलायती गणितिज्ञ तथा डाटा साइन्टिस्ट क्लाइभ हम्बीले ‘डाटा इन दी न्यू ओयल’ अर्थात डाटा नयाँ तेल हो भन्ने वाक्यांश प्रयोग गरेका थिए ।  अहिले आएर यो वाक्य सावित हुँदै गएको छ । तर पनि हाल विश्वको दुई तिहाई डाटा प्रयोग गरिएको छैन्, जसलाई हामी डिजिटल वेस्ट भन्छौं । डाटा...

स्मार्ट सेलले ल्यायो अनलिमिटेड नाइट डाटा प्लान

स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।यो डाटा प्लानमा ग्राहकले फास्ट 4G नेटवर्क मार्फत सोसल मीडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।  यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्

फोनमा डाटा खपतको निगरानी र नियन्त्रण कसरी गर्ने ?

स्मार्टफोनमा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउने प्रयोगकर्ताहरूको संख्या तीव्ररुपमा बढिरहेको छ । मोबाइल सेवा प्रदायकहरूले विभिन्न खाले डाटा प्याकेजहरू उपलब्ध गराउने गरेका छन् जसबाट इन्टरनेट प्रयोगकर्तालाई आफ्नो आवश्यकता तथा क्षमता अनुसारको डाटा प्याकेज खरिद र प्रयोगका लागि सहजता भएको छ । मोबाइल सेवा प्रदायकले विभिन्न अनलिमिटेड डाटा प्लानसँगै निश्चित समयका लागि डाटा खपतका आधारमा मूल्य तिर्नुपर्ने […]

सिंहदरबारको ‘डाटा ब्याकअप’ मा आगलागी

सिंहदरबारको प्रशासनिक डाटा ब्याकअपको रुपमा प्रयोग गरिएको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ। हेटौंडा–५ स्थित हुप्रचौरमा संचालित सरकारी डाटा सेन्टर रिकभरी केन्द्रमा आइतबार दिउँसो २ः३० बजे आगलागी भएको हो।  आगलागी भएको करिब...

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र  १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पह

हाम्रो डाटा चोरी भएको छैन : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट व

७५ करोड लिंक्डइन प्रयोगकर्ताका ‘डाटा’ लिलामीमा

एजेन्सी। सामाजिक सञ्जाल लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लीलामीमा राखिएको छ। प्रयोगकर्ताको बाहिरिएको डाटा डार्क वेभमा लिलामीमा राखिएको हो। गत जुन २२ मा मात्रै ७ करोड प्रयोगकर्ताको डाटा बिक्री भइसकेको छ। डार्क वेभमा बिक्रीमा राखिएका डाटामा सम्पर्क नम्बर, नाम, ठेगाना र तलब लगायतका सूचना छन्। गत अप्रिल महिनामा पनि ५० करोड लिंक्डइन प्रयोगकर्ताको डाटा बाहिरिएको थियो।

डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी

काठमाडौं। डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी भएको घटना सार्वजनिक भएको छ। हालसम्म डोमिनोज पिज्जाका ग्राहकको डाटा चोरी भएको थिएन्।बिजनेस स्ट्याण्डर्डका अनुसार डोमिनोजबाट करिब १३ टेराबाइट डाटा चोरी भएको छ। कम्पनीबाट पिज्जा अर्डर गर्दा ग्राहकले मोबाइल नम्बर, ईमेल, लोकेशन र भुक्तानीसम्बन्धी डाटा राख्नुपर्छ।यो डाटा चोरी गरेर ह्याकरले डार्क वेभमा बेच्न राखेर ठूलो रकम माग गरेको बताइएको छ।

मेसेजिङ एपले कस्ता डाटा संकलन गर्छ?

आफ्ना कस्तो व्यक्तिगत डाटा एपहरुलाई दिइएको छ र एपले ती डाटा कसरी प्रयोग गरिरहेको छ भन्ने प्रयोगकर्ताले एप्पलको नयाँ प्राइभेसी लेबलबाट थाहा पाउन सक्ने टेक हिन्दस्तानको भनाइ छ।