विनिताले दायर गरेको मुद्दा टुंगो नलाग्दै मन्त्रीको कार्यकाल सकियो !

कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकियो ।  कार्चेनविरुद्ध परेको रिट निवेदनको टुंगो नलाग्दै उनको कार्यकाल सकिएको हो।  कार्चेनविरुद्ध ०७८ फागुन २ गते मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विनिता बोगटीले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेकी थिइन् । कार्चेन फौजदारी अभियोग लागेको व्यक्ति भएको र त्यस्ता व्यक्तिले  कानुनतः सार्वजनिक पद धारण गर्न नमिल्ने विनिताको जिकिर छ ।&nb