कोशी ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहल गर : अनेरास्ववियु

काठमाडौं : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कोशी ब्यारेजका सबै ढोका खोल्न भारतसँग कूटनीतिक पहल गर्न आग्रह गरेको छ।अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई कूटनीतिक पहलमार्फत कोशी ब्यारेजका सबै ढोका खोल्न आवश्यक पहल यथाशीघ्र गर्न अनुरोध गरेकी हुन्।उनले प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि सरकार त्यसप्रति उदासिन देखिँदा दिनप्रतिदिन ठूलो क्षति हुँदै गएको उल्लेख गरेकी छन्।सप्तकोशीमा पानीको बहाव उच्च हुँदा भारतले कोश